Breaking News...
15 Apr 2026, Wed

“नेपाल–वेस्ट इन्डिज क्रिकेट शृङ्खलाः जित–हारभन्दा टाढा यसको गहिरो अर्थ”

नेपाल–वेस्ट इन्डिज क्रिकेट शृङ्खलाः जित–हारभन्दा टाढा यसको गहिरो अर्थ

यूएईको शारजहाँमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँग ‘यूनिटी कप’ नाम दिइएको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिरहेको छ। कुनै पनि टेस्ट राष्ट्रसँग नेपालको यो पहिलो शृङ्खला भएकाले यसलाई ऐतिहासिक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

नेपालले पहिलो र दोस्रो खेलमै वेस्ट इन्डिजलाई हराएर शृङ्खलालाई रोमाञ्चक बनाएको छ। यद्यपि यस प्रतिस्पर्धाको महत्त्व भने जित–हारभन्दा टाढा रहेको विशेषज्ञहरू बताउँछन्।

१. खेल्नु नै जित

वेस्ट इन्डिजजस्तो दुई पटकको टी–२० विश्वकप विजेता राष्ट्र नेपालसँग खेल्न तयार हुनु नै ठूलो उपलब्धि हो। शारजहाँलाई ‘घरेलु मैदान’ बनाएर यस्तो शृङ्खला आयोजना गर्न सक्नु पनि नेपाल क्रिकेटको उचाइ हो।

२. टेस्ट राष्ट्रतर्फको यात्रा

ओडीआई मान्यता कायम राख्दै एशिया कपसम्म पुगेको नेपाल अहिले टेस्ट राष्ट्रतर्फ बढ्ने बाटोमा छ। आईसीसीले दुई पटक लगातार नेपाललाई ‘डिजिटल फ्यान इन्गेज्मेन्ट अफ द यिअर’ घोषणा गरिसकेको छ। यस्तो बेलामा वेस्ट इन्डिजसँगको शृङ्खला नेपाललाई पूर्ण सदस्य बन्ने दिशामा थप बलियो सन्देश हो।

३. विश्वकपअगाडिको हौसला

आगामी अक्टोबरमा हुने एशिया प्यासिफिक छनोटका लागि नेपाल तयार हुँदैछ। वेस्ट इन्डिजविरुद्धको खेलले टोलीलाई उच्च स्तरमा अभ्यास गर्न, आत्मबल बढाउन र विश्वकप छनोटमा बलियो चुनौती दिन सक्ने विश्वास जगाएको छ।

४. बलियो टोलीको सङ्केत

नन्दन यादव घाइते हुँदा र सन्दीप लामिछाने टिममा नभए पनि नेपालले वेस्ट इन्डिजलाई १२९ रनमै रोक्यो। यसले नेपाल बलियो स्क्वाडसहित परिपक्व टोली बन्दै गएको देखाएको छ। वैकल्पिक खेलाडीहरूको उपस्थिति र आत्मविश्वासले नेपालको भविष्य अझ उज्ज्वल देखिएको छ।

सन्दर्भमा सामग्री bbc nepali news , iccworldcup , nepal khelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *