Breaking News...
15 Apr 2026, Wed

जेनजी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्‍यो : विश्व बैंक

२१ असोज, काठमाडौं । विश्व बैंकले हालैको जेनजी आन्दोलन र राजनीतिक अस्थिरताका कारण नेपालका आर्थिक वृद्धिदरमा ठूलो गिरावट आउने जनाएको छ।

साउथ एसिया डेभलपमेन्ट रिपोर्ट अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्र हुने अनुमान गरिएको छ, जुन गत अप्रिलमा गरिएको ५.२ प्रतिशतको प्रक्षेपणभन्दा ३.१ प्रतिशतले कम हो।

विश्व बैंकका अनुसार राजनीतिक अनिश्चितता, लगानीकर्ताको कमजोर आत्मविश्वास, कृषि उत्पादनमा गिरावट, र पर्यटन क्षेत्रमा कमीले समग्र अर्थतन्त्रमा नकारात्मक असर पुर्‍याएको छ।

तर, पुनर्निर्माणका गतिविधि बढ्ने र स्थायित्व कायम हुने हो भने आगामी आर्थिक वर्ष २०८३/८४ देखि वृद्धिदर क्रमशः सुधार हुने अपेक्षा बैंकले गरेको छ।

विश्व बैंकले नेपालमा जटिल व्यापार वातावरण, भ्रष्टाचार, र पूर्वाधार अभावले निजी क्षेत्र कमजोर बनेको उल्लेख गर्दै युवाहरूको बेरोजगारी दर २२.७ प्रतिशत पुगेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *