Breaking News...
16 Jul 2026, Thu

सरकारद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त व्यवसायीका लागि कर राहत प्रक्रिया सुरु

१९ असोज, काठमाडौं।
२४ भदौको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट प्रभावित उद्योगी–व्यवसायीले ३० दिनभित्र कर कार्यालयमा क्षतिको विवरण बुझाउनुपर्ने भएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीको नियम ३९(क) अनुसार आगजनी, चोरी, दुर्घटना वा ध्वंसात्मक गतिविधिबाट हानि नोक्सानी भएको वस्तुको भ्याट कट्टी पाउन करदाताले घटना भएको ३० दिनभित्र निवेदन दिनुपर्छ।

चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालका अनुसार क्षति विवरण दिँदा अनुमानित रकम उल्लेख गर्न अनिवार्य छैन, तर समयमै निवेदन नदिए भ्याट कट्टी अस्वीकार भई १३ प्रतिशत भ्याट तिर्नु पर्ने हुन्छ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनी, सीजी, हिल्टन होटललगायतका निजी व्यवसायमा तोडफोड र आगजनी हुँदा करिब ८० अर्ब रुपैयाँभन्दा बढी क्षति भएको अनुमान छ। सरकारले प्रभावित व्यवसायीका लागि कर तथा भन्सार छुटसहितको पुनरुत्थान योजना अघि सारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *