Breaking News...
15 Apr 2026, Wed

पोखराको ‘लिची बगान’ जग्गा घोटाला : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२१ असोज, काठमाडौं । पोखराको ‘लिची बगान’ जग्गा हिनामिना प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

मुद्दामा कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, बिचौलिया सुजन लामा, खेम पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगर पनि प्रतिवादी बनेका छन्। खेम पुनसँग २५ लाख र बाँकीसँग ७८ लाख रुपैयाँ बिगो माग गरिएको आयोगले जनाएको छ।

‘लिची बगान’ नामले चिनिने कास्कीको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा हडप्ने उद्देश्यले गरिएको घूस डिलको अडियो सार्वजनिक भएपछि यो प्रकरण सार्वजनिक भएको हो। अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए।

यो जग्गा राणाकालीन बिर्ता भएको र वर्षौंदेखि कानुनी विवादमा रहेको जग्गा हो। करिब ४० वर्षअघिको अदालतको फैसला कार्यान्वयनको नाममा दुर्गादेवी शाहका नातिनातिनालाई अगाडि सारेर बिचौलियाहरूले मालपोतमा निवेदन दिएका थिए। सोही क्रममा हकदारको नाममा दर्ता गर्न मिलेमतो गरी जग्गा बाँडफाँड गर्ने करारनामासमेत फेला परेको अख्तियारको दाबी छ।

अर्का पूर्वमन्त्री बलराम अधिकारीसम्बन्धी पूरक अनुसन्धान अझै जारी रहेको आयोग स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *