Breaking News...
16 Jul 2026, Thu

ओली र लेखकविरुद्ध सहिद परिवारको जाहेरी जाँचबुझ आयोगमा,

२१ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध सहिद परिवारले दिएको किटानी जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ। आयोगको प्रतिवेदनपछि मात्र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने गरी काठमाडौं प्रहरी परिसरले सो जाहेरी पठाएको हो।

सहिद परिवार र जेनजी आन्दोलनका अगुवाहरूले सोमबार प्रहरीमा उजुरी दर्ता गरेका थिए। उनीहरूले जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाइँदा भएको मृत्युबारे “कर्तव्य ज्यान मुद्दा” दर्ता गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

त्यसैगरी मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध अनेरास्ववियुका नेताहरूले पनि उजुरी दिएका छन्। प्रहरीका अनुसार ती उजुरीहरू पनि छानबिनका लागि जाँचबुझ आयोगमा पठाइने तयारी भइरहेको छ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूमा विभिन्न पक्षले आ–आफ्नो तर्फबाट जाहेरी दिएपछि अब आयोगको प्रतिवेदन नै आगामी कानुनी निर्णयको आधार बन्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *