Breaking News...
15 Apr 2026, Wed

दशैंमा पनि नेपाली खेलाडी अन्तर्राष्ट्रिय मैदानमा व्यस्त

क्रिकेटसहित पौडी खेलाडी, अल्ट्रा ट्रेल रनिङका खेलाडी र मोटर स्पोर्ट्सका खेलाडीहरु अहिले नेपालको झण्डा लिएर विदेशमा आफ्नो उपस्थिति जनाइरहेका छन् । स्रोत: अनलाईन खबर

११ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको रमाइलो माहोल भइरहँदा नेपाली खेलाडीहरू भने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै व्यस्त छन्।

यस पटक एकैसाथ क्रिकेट, पौडी, ट्रेल रनिङ, मोटर स्पोर्ट्स र फुटबलमा नेपाली खेलाडीले विदेशी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।

क्रिकेटतर्फ, पुरुष टोली युएईको शारजाहमा दुई पटकको टी–२० विश्वकप विजेता वेष्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक सिरिज खेल्दैछ। सिरिजपछि टोली ओमानमा हुने विश्वकप छनोटतर्फ जानेछ। कप्तान रोहित पौडेलले सिरिज जित्दै तेस्रो पटक टी–२० विश्वकपमा पुग्ने लक्ष्य राखेका छन्। त्यस्तै महिला टोली मलेसियामा विभिन्न क्लबमार्फत खेलिरहेका छन् र असोज १६ देखि २२ सम्म नेपाल–मलेसिया पाँच खेलको टी–२० सिरिज खेलिनेछ।

पौडीमा, १६ खेलाडीले भारतको अहमदावादमा भइरहेको ११औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्।

ट्रेल रनिङतर्फ, स्पेनमा भइरहेको विश्व माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा सुनमाया बुढा, सुमन कुलङ राई, मनकुमार मगर र साङ्गे शेर्पा ८२ किमी लङ ट्रेलमा दौडिरहेका छन्।

मोटर स्पोर्ट्समा, नेपालका ६ खेलाडी श्रीलंकामा एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्।

यसैगरी फुटबलमा, पुरुष टोलीका कप्तान किरण चेम्जोङसहित केही खेलाडी बंगलादेश प्रिमियर लिगमा छन् भने महिला कप्तान सावित्रा भण्डारी अष्ट्रेलियाको शीर्ष लिगमा खेल्दैछिन्। यू–१७ महिला टोली पनि एसियन कप छनोट तयारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *